JIN0TkF.gif
JINuGe4.gif

संयमता अपनाउन धरानवासीमा मेयर हर्क साम्पाङको आग्रह

काठमाडौँ –  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि  धरान नगरवासीहरूमा अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै उनले पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएको भन्दै सो अपील गरेका हुन् ।  

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । 

उनले अपिलमा भनेका छन्– ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000