JIN0TkF.gif
JINuGe4.gif

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रवारको राशिफल

चितवन –  आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार सन् २०२४ मे १७ तारिख । वैशाख शुल्क पक्षको नवमी तिथि । चन्द्रमा अनुसार दैनिककि  बारे भविष्यवाणी गरिन्छ। जस अनुसार कस्तो रहेको छ त तपाईंको आजको दिन 

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : आज शिक्षाको लगानीबाट फाइदा हुने दिन छ । नयाँ ठाउँको यात्राले मन भुलाउन सक्छ । मिष्ठान्न भोजनको सम्भावना छ । परिवारको साथ र सहयोग मिल्नेछ । स्वदेशमै लगानीको सम्भावना देख्न सकिन्छ । 

वृष : सङ्घर्षको दिन छ । वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ । स्वदेशी क्षेत्रमा लगानी नगर्नु राम्रो । परिवारको सहमतिमा हरेक योजनामा हात लगाउनु राम्रो हुन्छ । 

मिथुन : अधुरा काम पूरा हुनेछन् । लगानी गर्ने क्षेत्र प्रशस्त छन् छनोट गरेर गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गरिनेछ । 

कर्कट : सानो कुराले ठूलो हल्ला हुन सक्छ । विपक्षी सक्रिय छन् । रोग बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । व्यपार व्यवसायमा फाइदा मिल्नेछ । 

सिंह : उमङ्ग, प्रशन्न मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा नाफा हुने योग छ । पारिवारिक सफलता मिल्नेछ । 

कन्या: परिवारमा मनमुटाव हुन सक्छ । ठूलो लगानी नगर्नु राम्रो । वादविवाद बढ्ने योग छ । वैदेशिक लगानीमा फाइदा र परिवारमा सहयोग मिल्नेछ ।  

तुला : धोका मिल्नेछ । परिश्रम गर्नुपर्नेछ । स्वास्थ्य र कृषिमा लगानी गरे उन्नती हुने दिन छ । परिवारबाट सन्तोष मिल्नेछ । 

वृश्चिक : धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ । 

धनु : आज गरेको लगानीबाट फाइदा मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा रमाइलो भेटघाट हुने योग छ । परिवारमा मेलमिलाप हुनेछ । 

मकर : संघर्ष गर्नुपर्नेछ । लाभ मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । ठूलो लगानी नगरेको राम्रो । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।  

कुम्भ : मन प्रसन्न रहने योग छ । शिक्षा, स्वास्थ्यमा सहजता रहला । पारिवारिक शान्ति कायम हुनेछ ।  

मीन : आलस्य बढ्नेछ । आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ । काम बढी र कम बोल्नु राम्रो । शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।   

What’s your Reaction?
+1
69
+1
57
+1
0
+1
0
+1
11
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000