JIN0TkF.gif
JINuGe4.gif

विद्युतीय गाडीमा बढ्यो कर, महँगो हुँदै ईभी

चितवन –  सरकारले नेपालमा विद्युतीय कार महँगो हुनेगरी भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीको भन्सार र अन्त:शुल्क बढेको जानकारी दिएका हुन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस आर्थिक वर्षको बजेटमा ५० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क र भन्सार शुल्कमा पाँच प्रतिशत कर लगाएको छ । यसअघि यसमा अन्तःशुल्क थिएन भने भन्सार दर १० प्रतिशत थियो । यससँगै अब यो ५० किलोवाटसम्मका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

त्यस्तै ५१ देखि १०० किलोवाटसम्मको ईभीमा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब २० प्रतिशत र अन्तःशुल्कमा यसअघि १० प्रतिशत लाग्दै आएकोमा अब भने १५ प्रतिशत लाग्ने भएको छ ।

यसैगरी १०१ देखि २०० किलोवाटमा भन्सार शुल्क १० प्रतिशत बढाएर ३० प्रतिशत पुर्‍याइएको छ । यसअघि २० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो । यसको अन्तः शुल्कमा भने केही परिवर्तन ल्याइएको छैन । यस रेञ्चका गाडीमा २० प्रतिशत अन्तः शुल्क लाग्दै आएको छ ।

यस्तै २०१ देखि ३०० किलोवाटसम्मका विद्युतीय गाडीमा २० प्रतिशत भन्सार शुल्क बढाएर ६० प्रतिशत पुर्‍याइएको छ । यसअघि ४५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब भने १० प्रतिशतले घटेर ३५ प्रतिशत कायम गरिएको छ ।

यस्तै ३०० किलोवाटभन्दा माथिकोमा भन्सार शुल्क २० प्रतिशतले बढाएर ८० प्रतिशत पुऱ्याइएको छ । यसमा लाग्दै आएको ६० प्रतिशत अन्तःशुल्कलाई १० प्रतिशत घटाएर ५० प्रतिशतमा राखिएको छ ।

What’s your Reaction?
+1
31
+1
3
+1
29
+1
3
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000