JIN0TkF.gif
JINuGe4.gif

कृष्टिना सिग्देल” बनिन मिस ब्युटी अफ चितवन” सिजन ३ को बिजेता

भरतपुर चितवन –  टप वान मिडियाले आयोजना गरेको “मिस ब्युटी अफ चितवन” सिजन ३ को ताज कृष्टिना सिग्देलले जित्न सफल भएकी छिन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अर्किड कलेज भरतपुरमा कक्षा १२ मा पड्दै गरेकी कृष्टिनाले बिजेता संगै “मिस कन्फिडेन्स को टाइटल समेत हात पारेकी छिन ।

नारायणी रिसोर्टमा भएको उक्त प्रतियोगिता को फस्ट रनरअप न्यु क्यापिटल कलेज कि “बिनिता शर्मा” बनेकी छिन भने सेकेन्ड रनरअप प्रेसिडेन्सी कलेजकी “आर्या सापकोटा” ले जित्न सफल भएकी छिन ।

त्यसैगरी अर्गानाईजर च्वाइस इच्छा थापा, मिस ट्यालेन्ट सिवानी परियार, मिस पपुलर निकिता धिताल, बेस्ट फिगर रिया लामा, मिस फ्रेन्ड्ली स्वेता शर्मा, बेस्ट आई पुजा पौडेल, मिस इन्टरलेक्चुवल इच्छा थपा, भिवर च्वाइस आर्या सापकोटा. मिस फोटोजेनिक बिनिता शर्मा” ले जित्न सफल भए।

कार्यक्रमको बिजेताले अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका संगै अन्य थुप्रै अवसरहरु प्राप्त गर्ने आयोजक टप वान मिडियाका प्रबन्ध निर्देशक रबि सापकोटाले जनाएका छन।

गैडाकोट नगरप्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको निर्णायकमा मिस नेपाल फाइनलिस्ट तथा मिस ग्लोबल इन्टरनेशनल आयुष्मा श्रेष्ठ, पत्रकार एवम नारयणी पब्लिक कलेज कि डाइरेक्टर अनिता खनाल, मिस्टर नेपाल रनरअप ड्क्टर विजय दवाडी, रहेका थिए।

रबि सापकोटाको कोरियोग्राफी रहेको उक्त कार्यक्रम को कोडिनेटरमा कल्पना थापा, र टिममा ममता गुरुङ, मोना आले मगर, सुस्मिता अधिकारी, रस्मिता अधिकारी,शितल पौडेल, रोहित दास, शाश्वत सिग्देल, प्रणय राज काफ्ले,करण तामाङ, रहेका थिए।

What’s your Reaction?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000