JIN0TkF.gif
JINuGe4.gif

आज देशका यी ठाँउहरुमा वर्षाको सम्भावना

चितवन – अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमबिद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा बाँकी भुभागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
17
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000