JIN0TkF.gif
JINuGe4.gif

२ दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन –  दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक हिजो दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्ने खण्ड आज बिहानदेखि सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै गाडीहरु सहज रुपमा सञ्चालन भइरहेका बताउनुभयो । दाउन्ने डाँडामा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गएरातिदेखि अवरुद्ध खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।

विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही ठाउँमा गएको वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।

What’s your Reaction?
+1
42
+1
21
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000