JIN0TkF.gif
JINuGe4.gif

हुरिकेन्सविरुद्ध नेपाल ६ रनले विजयी

चितवन –  पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो ।

अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो । हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान दुईदुई विकेट लिए । कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे।

होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो ।

What’s your Reaction?
+1
19
+1
17
+1
0
+1
0
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000