JIN0TkF.gif
JINuGe4.gif

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो

चितवन –  सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसमध्ये अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९र८० मा मात्र ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु थपिएको छ । कुल लेखापरीक्षणको १ दशमलव २ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

११ खर्ब ८३ अर्ब रुपैयाँ बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नुपर्ने बेरुजु २४ प्रतिशत र पेस्की ६ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखाले आर्थिक अनुशासनहीनता बढ्दै गएको पनि जनाएको छ । कार्यालयले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई ६१ औं प्रतिवेदन बुझाएको छ ।

रित नपुर्‍याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमिता तथा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथा लेखापरीक्षण गर्दा देखिएका कमजोरीलाई बेरुजु रकम भनिन्छ । महालेखा कार्यालयकाअनुसार सबै बेरुजु भ्रष्टाचारभित्र पर्दैनन्, बेरुजु रकमभित्र भ्रष्टाचार भने भएको हुन सक्छ ।

What’s your Reaction?
+1
36
+1
0
+1
7
+1
19
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000