चितवन – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएरातिको खेल टस नै नभई रद्द भएको हो । खेल रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।
जारी आईपीएलमा तेस्रो स्थानमा रहेको हैदराबादको १३ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अङ्क रहेको छ । कोलकाता यसअघि नै १३ खेलमा १९ अङ्कसहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ ।
गुजरात भने यस खेलअघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अङ्क बटुल्दै यस सिजनको खेल सकेको छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् ।
What’s your Reaction?
+1
49
+1
32
+1
4
+1
+1
19
+1
10