JIN0TkF.gif
JINuGe4.gif

राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा साबित हुने : प्रधानमन्त्री प्रचण्ड

भरतपुर चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुरु भएकाे ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आज नारायणी नदी किनारमा उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभएको हो ।

१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्, उहाँले भन्नुभयो, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा भएका कामहरू देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताउनुभयो ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान छ दशमलव सात प्रतिशत र रोजगारीको क्षेत्रमा छ दशमलव नौ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले चितवनमा सन् २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताउनुभयो ।

प्रचण्डले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा साबित हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

What’s your Reaction?
+1
23
+1
12
+1
0
+1
3
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000