JIN0TkF.gif
JINuGe4.gif

रड प्रहार गरि श्रीमतीको हत्या

चितवन –   दाङमा रड प्रहार गरि एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै मृत्यु भएको हो । चौधरी धेरै मदिरा खाने भएकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शनिबार साँझ ६ बजेतिर घटना भएको हो । श्रीमतीको हत्यापछि अबस्था बुझ्न त्यहाँ पुगेका स्थानीयहरुलाई पनि उनले रड प्रहार गरेका छन् ।

स्थानीय मिना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरु घाइते भएका छन् । मिनाको टाउकोमा चोट लागेको छ, भने शिलाको हड्डीमा चोट लागेको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । शिलालाई दिउँसो हाडरोग विशेषज्ञलाई देखाउने तयारी रहेको छ । उनीहरुको अवस्था भने सामान्य रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000