JIN0TkF.gif
JINuGe4.gif

भारतमा ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु

चितवन – भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक पनि बगाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मिजोरमको अरू राज्यसँगको यातायात सम्पर्क टुटेको बीबीसी हिन्दिले जनाएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागकाअनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्तिसमेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ । मृतकका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका धेरै ठाँउमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन् । बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली जेठ १२ गते बेलुका शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

What’s your Reaction?
+1
27
+1
0
+1
33
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000