JIN0TkF.gif
JINuGe4.gif

भरतपुर भ्रमण वर्षकाे तयारी अन्तिम चरणमा, नारायणी नदी किनारमा प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर चितवन – भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक सङ्घ–संस्था, नागरिक समाज, विभिन्न जातजाति सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् । ‘घुमाैँ भरतपुर’ भन्ने नाराका साथ आयोजना हुन लागेको भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि बढाउने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गर्न लागेको मेयर दाहालले बताउनुभयो ।

भ्रमण वर्षमा निजी क्षेत्र तथा विभिन्न सङ्घ/संस्थाहरूको अगुवाइमा वर्षभरि ५१ वटा कार्यक्रम सञ्चालन हुनेछन् । भ्रमण वर्षमा झन्डै दुई लाख बाह्य पर्यटक तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरूको अवलोकन, यहाँका सम्भावनाहरूको पहिचान तथा बदलिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने उपमेयर चित्रसेन अधिकारीले बताउनुभयो ।

भ्रमण वर्षमा आउने पाहुनाहरूलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्रका होटलहरूमा सात हजार पाँच सय बेड र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरूलाई लक्षित गरी होटल तथा रेस्टुरेन्टहरूले छुट सुविधा घोषणा गरेका छन् ।

भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
47
+1
23
+1
0
+1
2
+1
9
+1
5
81025400
hulash
Register-Now-20241122-105401-0000