JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

भरतपुर चितवन –  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा हिजो बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए पनि यसको लाभ भरतपुरले लिइरहेको उहाँको भनाइ छ ।

दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो । पवित्र तीर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी तीन वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । भरतपुर–२९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाइडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

मेयर दाहालले हरियाली प्रवर्धनका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँभन्दा धेरै विनियोजन गरेकाले बनेको सडकमा साैन्दर्यकरण गर्न महानगरले बिरुवा उपलब्ध गराउने बताउनुभयो । भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उहाँको विश्वास छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000