चितवन – कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर(स्पा)हरूबाट बुधवार छ बालिकाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले स्पामा काममा लगाइएका १८ वर्षमुनिका बालिकहरुलाई उद्धार गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ६ लेक साइडको सेन्टर प्वाइन्ट स्पा र न्यु भिजन स्पाबाट दुई÷दुई बालिका र हिमालय स्पा, पारा माउन्ट स्पाबाट एक÷एक बालिकालाई टोलीले उद्धार गरेको हो । अनुगमन गरिएको गुड विल स्पामा भने बालिकालाई काममा लगाइएको पाइएन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले उद्धार गरिएका बालिकाहरूलाई सेफ हाउसमा राखिएको जानकारी दिनुभयो ।
What’s your Reaction?
+1
69
+1
55
+1
+1
+1
+1