JIN0TkF.gif
JINuGe4.gif

नेपालसंग ओमान ५६ रनले पराजित

चितवन – क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

What’s your Reaction?
+1
33
+1
12
+1
0
+1
0
+1
8
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000