JIN0TkF.gif
JINuGe4.gif

नवलपुरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

चितवन –  नवलपुरको मध्यविन्दु नगरपालिका–१२ बेलहानीमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ वर्षीय श्रीमान् तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ वर्षीया मीना कुमाल मृतावस्थामा आफ्नै घरमा भेटिएका हुन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजीनिती गर्दा दुवै जना मृतावस्थामा फेला परेका हुन् । तुलबहादुर राति साढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।

श्रीमती मीना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान् तुलबहादुर कुमाल झुन्डिएको अवस्थामा भेटिएका छन् । प्रहरीले हत्याको आशंका गरेको छ । स्थानीयले श्रीमान्ले श्रीमतीको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको आशंका गरेका छन् । यसअघि पनि श्रीमान् श्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताएका छन् ।

शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले स्थानीय र आफन्तको भनाइ अनुसार श्रीमान्ले श्रीमतीको हत्या गरी आत्महत्या गरेको बुझिए पनि पोष्ट मार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए ।

What’s your Reaction?
+1
17
+1
0
+1
8
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000