नवलपुर – कावासोतीबाट १ लाख ४ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।
कावासोती २ हिमाल चोक निवासी ४० बर्षीय उज्जवल मल्लको घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ ।
त्यसैगरी कावासोती २ निवासी ४० बर्षीय गोविन्द न्यौपाने, ४२ खिम लामिछाने मगर, ४५ बर्षीय रामजी पाण्डे र कावासोती ३ निवासी २९ बर्षीय देवराज बस्याल पक्राउ परेका छन् ।
पक्राउ परेकालाई मंगलबार म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ।
What’s your Reaction?
+1
39
+1
+1
+1
+1
+1