JIN0TkF.gif
JINuGe4.gif

डेंगु नियन्त्रणका लागि नवलपुरमा ‘दश मिनेट अभियान’

नवलपुर, – डेंगु नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दश मिनेट अभियान सुरु गरिएको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरमा डेंगु नियन्त्रण तथा रोकथामका लागि दश मिनेट अभियान सुरु गरिएको हो । डेँगुको जोखिम बढ्न सक्ने हुनाले यसको रोकथामका लागि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख केशवप्रसाद चापागाइँले बताउनुभयो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरू खोज्ने र नष्ट गर्ने भन्ने उद्देश्यका साथ जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय , विद्यालय ,सहकारी, बैङ्किङ क्षेत्र , टोल सुधार समिति , आमा समूह, युवा क्लब सबैलाई प्रत्येक शुक्रबार बिहान १० बजेपछि १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न आवहान गरिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाइँले बताउनुभयो । ‘डेँगुको जोखिम रहेकाले अहिले सरसफाइको अभियान सुरु गरेका छौं, प्रत्येक हप्ता कम्तिमा दश मिनेट आफ्नो वरपर सरसफाइ गर्ने हो भने यसको नियन्त्रणमा सहयोग पुग्छ भन्ने हो’ कार्यालय प्रमुख चापागाइँले भन्नुभयो ।

अभियान अन्र्तगत जिल्लाका स्थानीय तहहरूले समेत कार्यक्रम सञ्चालन गर्न थालेका छन् । पालिकाहरूले समेत सार्वजनिक सूचना जारी गर्दै लामखुट्टेको बासस्थान तथा फुल पार्ने स्थानहरू खोज र नष्ट गर अभियान सञ्चालन गरेका छन् । डेंगु रोगको रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरू लाई आग्रह गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताउनुभयो । पालिकाले सार्वजनिक सूचना जारी गरि हरेक शुक्रबार बिहान १० बजे ‘ १० मिनेट खोज र नष्ट गर अभियान’ सञ्चालनका लागि आवहान गरेको उहाँले बताउनुभयो ।

जिल्लाको अन्य पालिकाले समेत लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरू खोज्ने र नष्ट गर्ने कार्य सुरु गरेका छन् ।
लामखुट्टेको जीवन चक्र करिब एक हप्तामा पुरा हुने हुँदा कम्तिमा एक पटक नियमित सरसफाइ गरे लामखुट्टेको फुल र लार्भा नष्ट हुने भएकाले हरेक हप्ता सरसफाइको कार्यक्रम राखिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाइँले बताउनुभयो । जिल्लाका सरकारी कार्यालयले यही अनुसार अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

टुटे फुटेका सिसा, प्लाष्टिकका भाँडाहरू, गमला, एसी, कुलर ,टायर, विभिन्न खालका बोतल लगायत अन्य भाँडाहरूमा जम्मा भएको पानी, रुखको प्वाल, गमलाको बिरुवाहरूमा जमेको थोरै पानी सहित घर वरपर सफा राखी पानी जम्न नदिने हो भने डेंगु नियन्त्रण तथा रोकथाम गर्न सकिने स्वास्थ्य कार्यालय प्रमुख चापागाइँले बताउनुभयो ।

कार्यालय प्रमुख चापागाइँका अनुसार नवलपुरमा साउन महिना सुरु भएयता हाल सम्म ९ जनामा डेंगु संक्रमण देखिएको छ । अन्य जिल्लाको तुलनमा डेंगु संक्रमण कम भएपनि जोखिम कायम रहेकाले सरसफाइको अभियान नियमित सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000