JIN0TkF.gif
JINuGe4.gif

चितवनमा २ जनाको शव फेला

चितवन –  चितवनमा बुधबार दुई जनाको शव फेला परेको छ । बुधबार बेलुकी ४ बजेको समयमा भरतपुर महानगरपालिका–१७ गाजिपुरमा अन्दाजी ३६ वर्षीय पुरुषको शव फेला परेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।

त्यस्तै, बुधबार बिहान ९ बजे राप्ती नगरपालिका–१२ नेटाराङमा ४८ वर्षीय धनकाजी प्रजाको शव फेला परेको छ । मंगलबार बिहान ११ बजे घरबाट हिँडेका प्रजाको चितवन र मकवानपुरको सिमाना रेवती लोथर खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शवको पनि पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000