JIN0TkF.gif
JINuGe4.gif

‘ए मेरो हजुर ५’ निर्माण गर्ने झरना थापाको घोषणा

चितवन –  कलाकार, निर्माता तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने भएकी छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् ।

थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो सिक्वेलको साथै गत भदौमा प्रदर्शनमा आएको एक भागवत र गीता सामाजिक कथा नामक चलचित्र निर्माण गरेकी थिइन् । एक भागवत र गीताले प्रदर्शनको सम्मुखमा आएर विभिन्न धार्मिक संगठनहरुके चर्को विरोधको मार खेप्नु परेको थियो । विरोधकै वावजुद प्रदर्शनमा आएको एक भागवत र गीता नराम्ररी फ्लप भएको थियो ।

यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

आफ्नी छोरी सुहाना थापा र मेगास्टार अनमोल केसी फिर्चड रहेको यसअघिका सबै सिक्वेल सफल भएको कारण ए मेरो हजुर ५ मा पनि सुहाना र अनमोलनै रहनसक्ने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000