JIN0TkF.gif
JINuGe4.gif

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ठमेलमा आज सडक महोत्सव

चितवन –  अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा आज न्यु इयर इभ ठमेल सडक महोत्सव गरिने भएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ठमेलमा ‘सडक महोत्सव’ हुन लागेको हो। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आज साँझ साढे ५ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ ठमेलस्थित सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको हो । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
59
+1
12
+1
0
+1
0
+1
8
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000