JIN0TkF.gif
JINuGe4.gif

सहकारी ठगी आरोपमा रबि लामिछाने पक्राउ

चितवन – सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो । लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडकमार्गका ठाउँठाउँमा र जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत नाराबाजी गरेका थिए ।

रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । उहाँलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई हिजो अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आउनुभएको छ ।

What’s your Reaction?
+1
67
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000