JIN0TkF.gif
JINuGe4.gif

सस्तोमा पीटीई डेट मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

चितवन –  सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जोडिएर पीटीई (पर्सन टेस्ट अफ इंग्लिस) को डेट बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेका २२ वर्षीय तिरुपति पाण्डे, सोही जिल्लाका २० वर्षीय दोमन केसी र बाग्लुङका २० वर्षीय सुवास कँडेल रहेका छन् ।
प्राप्त जानकारी अनुसार आरोपित तीन जना सामाजिक सञ्जाल इन्स्टाग्रामबाट पीडित व्यक्तिहरूसँग जोडिने गर्थे । ‘मनास्लु एजुकेसनल सर्भिसेज’ नामको इन्स्टाग्राम अकाउन्टबाट विद्यार्थीहरूलाई सम्पर्क गरी पीटीईको डेट बुक गरिदिन्छु भनेर उनीहरूले प्रलोभन देखाउँथे ।

“पीटीई दिन खोजिरहेका विद्यार्थीलाई पहिचान गर्ने र सस्तोमा पीटीईको डेट बुक गरिदिन्छु भनेर रकम लिने रहेछन्,” टेकपानासँगको कुराकानीमा ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, “रकम लिएपछि फरार हुने रहेछन् ।”

यसरी ठगीमा परेको भन्दै थुप्रै उजुरी आएपछि ब्युरोले अनुसन्धान थालेको थियो । सोही क्रममा तीन जना आरोपित पहिचान गरी पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले जानकारी दिए ।

उनीहरूबाट आठ ओटा मोबाइल, २३ ओटा सिमकार्ड र दुई ओटा ल्यापटप बरामद गरिएको छ । विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
41
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000