JIN0TkF.gif
JINuGe4.gif

वन सेवाका लागि २२१ पदमा आवेदन खुल्ला

चितवन –  प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत २२१ पदमा पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दरखास्त छिटोमा चैत ४ गतेसम्म बुझाउन सकिनेछ । त्यस्तै, दोब्बर दस्तुर तिरी थप एक हप्ता अर्थात् चैत १२ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइन प्रणालीमार्फत बुझाउनुपर्नेछ । दरखास्त बुझाउँदा उम्मेदवारकाे उमेर १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै महिला तथा अपांगका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने पनि आयोगको भनाइ छ ।

What’s your Reaction?
+1
22
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000