मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

राजस्थानलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा

चितवन –  सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुने छ ।

What’s your Reaction?
+1
27
+1
11
+1
0
+1
0
+1
13
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000