JIN0TkF.gif
JINuGe4.gif

बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० ठगी गर्ने दम्पती पक्राउ

काठमाडौ  – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । सुवेदी दम्पतीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाउने भन्दै ठगी गरेका थिए ।

उनीहरूलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।

What’s your Reaction?
+1
38
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000