JIN0TkF.gif
JINuGe4.gif

बाघको आक्रमणबाट भरतपुरमा एकजना घाइते

भरतपुर चितवन –  बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । ‘मोर्निङ्ग वाक’ को क्रममा उनी बाघको आक्रमणमा परेका हुन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जनाइएको छ।

What’s your Reaction?
+1
38
+1
0
+1
43
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000