JIN0TkF.gif
JINuGe4.gif

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

चितवन –  देवचुलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

देवचुली १४ छत्तिसघर कुल एण्ड ‍एलेन पेट्रोलपम्पबाट बाल्मिकी आधारभूत विद्यालय तर्फ जाने क्रममा बा ६९ प.९२३६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

कावासोती ११ कुडौलीका २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा मृत्यु भएको अस्थाई प्रहरी पोस्ट दलदलेले जानकारी दिएको छ।

प्रहरीका अनुसार साँझ ८ बजे भएको दुर्घटनामा घाइते भएका चौधरीलाई देवचुली अस्पताल दलदलेमा सामान्य उपचार गरि थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा साँझ ९:१० बजे उपचारको क्रममा मृत्यु भएको हो।अहिले मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
28
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000