मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

देशका धेरै ठाउँमा वर्षा : नवलपुर र दाङमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो बेलुकादेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुरको डण्डामा ९०, मकवानपुरको रजैयामा ८५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यस्तै डडेलधुरा, कैलाली, दैलेख, कास्की, बाग्लुङ, रुपन्देही, तनहुँ, चितवन , सिन्धुपाल्चोक, ललितपुर, काठमाण्डौ, भक्तपुर, झापा, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, खोटाङ, दोलखा लगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले आज बिहान १० बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पर्ने बबई नदी र यसका सहायक नदीहरुमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000