JIN0TkF.gif
JINuGe4.gif

चेन्नईलाई हराउँदै आरसीबी प्लेअफमा

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हरायो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । आरसीबीका यश दयालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । आरसीबीका कप्तान फाप्प डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेट लिए ।

पहिलो आठ खेलमा एक खेल मात्र जितेको आरसीबी त्यसपछिका लगातार छ खेल जित्दै अङ्क तालिकाको चौथो स्थानमा रहन सफल भएको हो । आईपीएल क्रिकेटमा आज दिउँसो पौने ४ बजे सनराइजर्स हैदरावाद र पञ्जाव किङ्ग्स खेल्दैछन् ।

यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । १६ अङ्क रहेको राजस्थान र १५ अङ्क रहेको सनराईजर्स राउण्ड रोबिन चरणको दोस्रो स्थानमा रहन प्रयासरत छन् ।

What’s your Reaction?
+1
49
+1
25
+1
0
+1
0
+1
17
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000