मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु

सल्यान –  सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्लाको त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन । ‘घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000