JIN0TkF.gif
JINuGe4.gif

अमेरिकाको निजी कम्पनीको यान चन्द्रमाको सतहमा अवतरण

चितवन –  अमेरिकाको निजी कम्पनी ‘इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान शुक्रवार बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ । योसँगै ‘इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो । अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो ।

शुक्रवार यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यानमा नासाका छ वटा उपकरण रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

What’s your Reaction?
+1
36
+1
24
+1
0
+1
0
+1
33
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000