महिला विश्वकपमा आज प्रि–क्वाटरफाइनलका २ खेल हुँदै
काठमाडौँ– फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे अस्ट्रेलियाको सिड्नीमा हुने छ । यस्तै, आजै अष्ट्रेलियाको मेलबर्नमा हुने खेलमा अमेरिकाले स्विडेनको सामना गर्नेछ । खेल पौने तीन बजे सुरु हुनेछ । चार पटकको च्याम्पियन…
