बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवन –  बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।  ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको…

Read More

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते

चितवन –  रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।…

Read More

यात्रुबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

चितवन –  सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस हिजो दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार…

Read More

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो । अमेजोनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जालमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो…

Read More

घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु

सल्यान –  सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका…

Read More

अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा –  डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको हो। साथै सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएका डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी…

Read More

बीपी प्रतिष्ठनको गाडीको ठक्करबाट आफ्नै कर्मचारीको मृत्यु

धरान –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको को १ क ११५९ नम्बरको बसले ठक्कर दिंदा आफ्नै कर्मचारीको मृत्यु भएको छ। शनिबार धरानको जिरो पोइण्टमा उक्त बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ -०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले…

Read More

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किदा ७ को मृत्यु, ३० जना घाइते

चितवन –   बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब…

Read More

मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगु  –  मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम…

Read More

भारतमा भएको दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकनजिकै रहेको हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातिको घटनास्थलमा मृत्यु भएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले पुष्टि गरेका छन्। उनका अनुसार दुर्घटनामा परी त्रिभुवन चोकको उत्तरतर्फ रहेको एस कुमार वाच सेन्टरका…

Read More