
“नेपाल प्रिमियर लिग” को विजेताले १ करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ । यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ…