नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा

चितवन –  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अहिले विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उनको शवयात्रा निकालिने एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार अहिले विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही– चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा…

Read More

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

चितवन –   प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ २८ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।  वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा…

Read More

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

चितवन –   सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदैछ। ​ अहिले विहान साढे ९ बजे थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यस खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ। यो खोप १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । स्वास्थ्य सेवा विभागको परिवार…

Read More

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत बिरामी र आफन्तद्वारा स्वास्थ्य मन्त्रीसमक्ष गुनासो

चितवन –   चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त…

Read More

सार्वजनिक स्थलमा फोहोर फाल्ने १७ जनालाई महानगरद्वारा कारबाही

काठमाडौं –   काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बालकुमारीस्थित आकासेपुलमुनि राति–राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी महानगरले जरिवाना गरेको छ । महानगरका अनुसार १७ जनाबाट जरिवानास्वरूप ५० हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको हो । महानगरले फोहोर फालेबापत एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरेको हो । यसअघि पनि महानगरले पर्चा बाँड्दै हिँड्ने, सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही गरेको…

Read More

आईफोन १५ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता

चितवन –    एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । नेपाली समय अनुसार मंगलवार राति कार्यक्रम गर्दै एप्पलले आईफोन १५ सिरिज सर्वजनिक गरेको हो । आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । आईफोनको सूचना लिक गर्ने विभिन्न स्रोतले एप्पलले आईफोन…

Read More

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो । अर्जेन्टिनाका लागि इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले एक–एक गोल गरेका थिए । यो जितसँगै अर्जेन्टिना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले पहिलो…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको…

Read More

गौ हत्याको विरोधमा राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै

काठमाण्डौ –  राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो । राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ । राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै…

Read More