दुई जना मानिसको ज्यान लिएको बाघको मृत्यु
चितवन – मकवानपुरको मनहरीमा दुई जना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । शिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । अस्ति शनिवारदेखि बिरामी परेको बाघ हिजो मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । १० वर्षकाे यो बाघ सौराहाको खोरमा राखिएको थियो । बाघलाई…

