JIN0TkF.gif

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

काठमाडौ – कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैँमा राम्रो बजार पाएको छ । जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए । उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत…

Read More

माघेसङ्क्रान्तिका लागि तरुल किन्नेको भिडसंगै तरुलको मुल्य घट्यो

चितवन –  माघेसङ्क्रान्तिका लागि तरुल, पिँडालु, सखरखण्डको कारोबार बढेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, नतरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ । काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । उपत्यकामा नवलपरासी, मकवानपुर,…

Read More

राखुगाउँका कृषकले गरे डेढ करोडभन्दा बढीको सुन्तला बिक्री

चितवन –  म्याग्दीको बेनी नगरपालिका ३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन् । उनले विगत डेढ दशकदेखि…

Read More

इलामको एकै बगानबाट दश लाख रुपैयाँकाे सुन्तला बिक्री

इलाम –  इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाख रपैयाँमा बेच्न सफल भएको छु’, चापागाईँले भन्नुभयो । सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँमा…

Read More

चितवनको इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव

चितवन –  चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव सुरु हुँदैछ । सुन्तलाको बजारीकरण गर्न महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ  समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर…

Read More

भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद

चितवन –  बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ।  आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो। गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार…

Read More

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन –  चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि…

Read More

आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेँडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेँडा सानो ६३, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो  ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५,…

Read More

बजारमा प्याजको अभाव : कालोबजारी गर्ने १७ जना व्यापारीलाई कारबाही

काठमाण्डौ –   भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाण्डौको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिक टनसम्म प्याज आउने गरेकोमा  सोमवार र मङ्गलवार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।…

Read More

प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि, गरेपछि ५ व्यापारीलाई कारबाही

चितवन –  भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँ सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य…

Read More