JIN0TkF.gif

फ्रि भीपीएन र ओपन डीएनएस ब्लक गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

चितवन –  नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भीपीएन र ओपन डीएनएसलाई समेत ब्लक गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले आइतवार सेवा प्रदायकलाई पत्राचार गर्दै नेपालभित्र टिकटक चल्न नदिन वैकल्पिक उपाय माथि समेत रोक लगाउन निर्देशन दिएको हो । एक इन्टरनेट सेवा प्रदायक कम्पनीका अनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको…

Read More

आजबाट जनविद्रोह सुरु भयो – दुर्गा प्रसाई

काठमाण्डौ  –  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आजको राजधानी केन्द्रित प्रदर्शन एमाले वा युवा संघसँगको लडाइँ नभएको बताएका छन् । ‘प्रमुख प्रतिपक्ष भएको भए नेकपा एमालेले दुर्गा प्रसाईको मागमा साथ दिनुपर्ने होइन ? मसाल जुलुसमा दुर्गा प्रसाईको नारा लगाएको छ । मेरो घर अगाडि आएर नारा लगाएको छ ।…

Read More

नारायणी किनारमा बुधबार देखि चितवन नारायणी महोत्सव सुरू

भरतपुर चितवन –  चितवनको नारायणी नदीकिनारमा बुधबारदेखि चितवन नारायणी महोत्सव सुरू भएको छ । रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्नुअघि शोभायात्रा निकालिएको थियो । महोत्सवको उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले…

Read More

गणतन्त्र उल्ट्याउने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

चितवन  –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । नेपाल संवत् मूल समारोह समितिले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने चेतावनी दिए । उनले गणतन्त्र उल्टाउन दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने बताए । पराजित भइसकेका सामन्तीहरूले अन्तिमपटक टाउको उठाउन खोज्ने भन्दै…

Read More

अत्यावश्यकबाहेक सवारी साधन सडकमा ननिकाल्न प्रहरीको अनुरोध

काठमाडौँ –  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ । आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियानले विभिन्न ठाउँहरूबाट र्‍यालीसहित प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले सकेसम्म सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो । ट्राफिक प्रहरीले सडकमा निस्कन…

Read More

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट – जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएकाे कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति पुर्याएकाे कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् । प्रहरी…

Read More

नग्न तस्वीरमा नाबालिकाको टाउको जोडी आफन्तलाई पठाउने युवक पक्राउ

चितवन  –  सामाजिक सञ्जालमा नाबालिकाको तस्वीरको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले नक्कली फेसबुक आईडी बनाएर चरित्रहत्या गरेको आरोपमा सङ्खुवासभा चैनपुर स्थायी घर भई हाल ललितपुर इमाडोल बस्दै आएका १८ वर्षीय अनिश भट्टराईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी किशाेरले सबैभन्दा पहिले नाबालिकाकाे नाममा नक्कली…

Read More

भारतले दिएकाे १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

चितवन  – भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा बुधवार हिजाे नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजाे बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले…

Read More

रपुर्वी चितवनको राप्तीमा लागू भयो स्वास्थ्य बिमा

राप्ती चितवन  –  चितवनको राप्ती नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्लाका अन्य पालिकामा यसअघि नै यो कार्यक्रम कार्यान्वयनमा छ । नगरपालिकाको आफ्नै अस्पताल भए पनि राप्तीमा मात्र स्वास्थ्य बिमा लागू भएको थिएन । नयाँ जनप्रतिनिधिको अथक मिहिनेतपछि यो कार्यक्रमले मूर्तरुप पाएको हो । अस्पतालले बिमा कार्यक्रम लागू गर्नका लागि आवश्यक मापदण्ड पूरा…

Read More

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

काठमाण्डौ – राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको…

Read More