JIN0TkF.gif

आजदेखी महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा रोक

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ । बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका…

Read More

फाइबरमार्फत टेलिफोन सेवा प्रयोग गरिरहेकालाई निःशुल्क इन्टरनेट

चितवन –  नेपाल टेलिकमले एनटी फाइबर मार्फत टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएस गतिकाे इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीले एनटी फाइबरको टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका तर इन्टरनेट पनि प्रयोग गर्न चाहने ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएसकाे इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । यसअघि एनटीफाइबर मात्र…

Read More

१२ वटा कम्पनी सरकारको कालोसूचीमा

चितवन –  सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।…

Read More

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भुकम्प

चितवन  –  धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो  । यस्तै, गएको कात्तिक १७ गते जाजरकोट…

Read More

एकै रातमा बाग्लुङमा ६ वटा घरमा चोरी

बाग्लुङ   –  बाग्लुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारका ६ वटा घरबाट सुनसहित पाँच लाख रुपैयाँ बराबरको नगद चोरी भएको हो । एकै रातमा बजारका आधा दर्जनभन्दा बढी घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् । बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको…

Read More

पेस्ताेल र २० राउण्ड गाेलीसहित हेटौंडाबाट ३ जना पक्राउ

चितवन –  हेटाैँडामा एक थान पेस्ताेल र २० राउण्ड गाेलीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा रहेकाे एक घरको कोठाबाट पेस्ताेल र गाेलीसहित ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पक्राउ गरेकाे हाे । मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले गएकाे साेमवार हेटौँडा–९ धर्मपथमा रहेकाे सूर्यप्रसाद पौडेलको घरमा लगातार गोली पड्केको…

Read More

१५ बिघामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

चितवन  –  सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले  गाँजा खेती नष्ट गरेको हो ।  नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको  सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट…

Read More

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

चितवन – सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले महिला तथा बालबालिका विभाग खारेज गरिएको बताउनुभयो । उहाँले आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको विषयलाई नै सरकारले लागू गरेको बताउनुभयो । सरकारले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण…

Read More

इन्डोनेसियाली सरकारद्वारा २० देशका पर्यटकलाई फ्री भिसा

चितवन  –  इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । “फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको…

Read More

१५ अर्ब २४ करोड बराबरको विद्युत् भारत निर्यात

चितवन –  यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी…

Read More