JIN0TkF.gif

भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

चितवन –  सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ । भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  । भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ । विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन…

Read More

माघ २० गतेसम्म नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवन –  नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द गरिएकोमा काम…

Read More

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

चितवन  –  आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको…

Read More

रुसी सेनामा भर्ना भएका थप १ नेपालीको मृत्यु

चितवन – रुसी सेनामा भर्ना भएका प्युठानका एक युवककाे ज्यान गएकाे छ । रुसी सेनामा आबद्ध प्युठान नगरपालिका–४ काठेवरका साेनु सुनारको ज्यान गएकाे प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिनुभएकाे छ । रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस गएर त्यहाँकाे सेनामा भर्ना भएका थिए । याेसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने…

Read More

कोरोना सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

चितवन –  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिनुभएको हो ।…

Read More

राष्ट्रियसभा निर्वाचन : उमेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

चितवन –  राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ । निर्वाचन आयोगको तालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो। मनोनयन दर्ता गरेका दुई जना उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी…

Read More

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

चितवन –  बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा बढी…

Read More

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिने समय

चितवन –  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ…

Read More

हेटौँडा–काठमाण्डौ जाेड्ने छोटो दूरीका तीनवटा सडक एकैपटक बन्द हुँदा सास्ती

चितवन –  हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका पाँच वटा सडकमध्ये अहिले चल्तीका तीन वटा सडक बन्द छन् । हेटौँडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाण्डौ र हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाण्डौ सडक स्तरोन्नतिका लागि पुष १६ देखि फागुन १५ सम्म दुई महिनाका लागि बन्द गरिएको छ । त्यस्तै, हुमाने–मातातीर्थ सडक पनि मंसिर १५ गतेदेखि मर्मतका लागि भनेर बन्द गरिएको छ । यी सडकको विकल्पमा हेटौँडा…

Read More

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प

चितवन –  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

Read More