नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन – पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १०…

