JIN0TkF.gif

भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

चितवन –  एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । हिजो सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए…

Read More

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुँदै

चितवन –   हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल…

Read More

एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

चितवन –  एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो…

Read More

नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित

चितवन –  आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने…

Read More

आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

चितवन –  आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मलेसियाको बांगी स्थित यूकेएम ओभलमा नेपाली समय अनुसार अहिले बिहान सवा ७ बजे सुरु हुने खेलमा विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

Read More

एसिया कप क्रिकेटको सुपर फोरको पहिलो खेल आज पाकिस्तान र बंगलादेश बिच हुदै

चितवन –  एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् । आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर…

Read More

अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका एसिया कपको सुपर फोरमा

चितवन –    एसिया कप क्रिकेटमा हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ । समूह ‘बी’ बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । हारसँगै अफगानिस्तान बाहिरिएको छ । जितको लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ ओभर ४ बलमा २ सय ८९ रनमा अलआउट भयो…

Read More

भारतविरुद्धको खेलमा नेपालको साहसिक ब्याटिङ

चितवन –   नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए। नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि मध्यक्रमका खेलाडीले सम्मानजनक योगफलसम्म पु¥याएका थिए। श्रीलंकाको पाल्लेकेल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात…

Read More

एसिया कप : नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

चितवन –  एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा  १ विकेट पनि नगुमाई लक्ष्य…

Read More

क्रिकेट हेर्न आज जनकपुरका विद्यालय बिदाको घोषणा

जनकपुर –  नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन ।   ‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी…

Read More