ब्राजिललाई हराउँदै अर्जेन्टिना विश्वकप छनोटको शीर्ष स्थानमा
चितवन – विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको…

