मुख्य समाचार
JIN0TkF.gif

हाइटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु

समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स नियन्त्रणमा लिएपछि  सुरक्षा…

Read More

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु :

लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा इजरायलको आक्रमणबाट १३ सय भन्दा बढीको मृत्यु भइसकेको छ। बिहीबार लेबनानले इजरायलमा गरेको आक्रमणमा परेर ३७ जनाको ज्यान गएको छ। १५१ जना घाइते भएका छन्। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिजबुल्लाहलाई लक्षित गर्दै बेरुत बेका उपत्यका र दक्षिणी लेबनानमा एकै पटक आक्रमण गरेको छ। इजरायली सेनाले जनाए अनुसार…

Read More

अमेरिकामा ‘हेलेन’आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ स जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा…

Read More

नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुँदै

चितवन –  लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो । नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट…

Read More

नेपालसंग ओमान ५६ रनले पराजित

चितवन – क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब…

Read More

वर्डफ्लुका कारण भियतनामको चिडियाखानामा ४७ वटा बाघको मृत्यु

एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् । वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका सरकारी मिडियाले जनाएको समाचार संस्था एएफपीले जनाएको छ । भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ…

Read More

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।  हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।  । दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना…

Read More

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

चितवन –  त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।…

Read More

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ । ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले…

Read More

४४ जना विद्यार्थी र शिक्षक बोकेको स्कुल बसमा आगलागी

थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताएका छन्…

Read More