कन्सल्टेन्सीहरूलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउछौ – श्रममन्त्री
चितवन – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र…

