हाइटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र गाडीमा आगलागी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स नियन्त्रणमा लिएपछि सुरक्षा…

