matribhumionline

आजदेखी चितवनको खैरहनीमा खिचरा महोत्सव सुरु हुदै

खैरहनी चितवन –  पूर्वी चितवनकाे खैरहनीमा आजदेखि नवाैं खिचरा महाेत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयाेजना गरेकाे साे महाेत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन…

Read More

विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

चितवन –  द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका हुन्। विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्। टिम राजेश पायल राईबाट…

Read More

आजको मौसम

चितवन –  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आज शनिबारको राशिफल

चितवन  –  आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ। वृष : स्वास्थ्य र शिक्षा क्षेत्र…

Read More

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

चितवन –  मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ बाँदरखोल्सीको भित्रि सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक हेटौँडा–१५ रातोमाटे बस्ने सुकदेव पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका पूर्णबहादुर नेपालीको भीरबाट लडेर ज्यान गएको…

Read More

४ दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

चितवन –  बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति…

Read More

खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी

चितवन –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ।कम्पनीले आज दरखास्त आह्वान नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि सूचना निकालेको हो। जनअनुसार ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २…

Read More

भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

चितवन –  सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ । भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  । भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ । विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन…

Read More

नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ

चितवन –  नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भई स्वयम्भू बस्ने वर्ष २६ वर्षीय कुमार लामालाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी लामाले पुस १६ गते सल्यान घर भई दाङ तुल्सीपुर बस्दै आएका सुरेन्द्र…

Read More

माघ २० गतेसम्म नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवन –  नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द गरिएकोमा काम…

Read More