matribhumionline

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । चक्कु प्रहारबाट गम्भीर…

Read More

कुहिएको अवस्थामा महिलाको शव फेला

धनुषा –  धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका-५ स्थित औरहीथान सामुदायिक वनस्थित जलाद खोलाको डाँडामा कुहिएको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए…

Read More

मनकामना हाइड्रोपावरको आइपीओ यहि महिनामा खुल्ला हुदै

काठमाडौँ– मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता र स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी…

Read More

डेंगी रोगको संक्रमणबाट १ जनाको मृत्यु

झापा –  झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट बिर्तामोड नगरपालिका-५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो । लावतीको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको बताइएको छ। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो । साउनको पहिलो साता बिर्तामोड नगरपालिका–५ की…

Read More

७ रुपैयाँमा पनि नबिकेको गोलभेडाको मूल्य कसरी १८० पुग्यो ?

काठमाडौं –  डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन किसानले गोलभेँडा प्रतिकेजीको सातरआठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे । उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ ।…

Read More

आज सरकारविरुद्ध राष्ट्रिय युवा संघले प्रदर्शन गर्ने

काठमाडौँ–  नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो । सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास…

Read More

फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल खेल सुरु

काठमाण्डाै –  फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड र स्पेन खेल्दैछन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ मा उपविजेता बनेको थियो । आजै…

Read More

केदारनाथ जाने क्रममा पहिरोमा १३ नेपाली बेपत्ता

जुम्ला — भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३…

Read More

मध्यरातमा घरेलु हतियार प्रयोग गरि नगद तथा सुन लुटपाट गर्ने २ जना पक्राउ

काभ्रे –  घरेलु हतियार प्रयोग गरी घरधनीलाई कुटपिट गरि शुक्रबार मध्यराती लुटपाट भएको छ। रोशी गाउँपालिका- ५ डुम्बलमा रहेको कामी सिङ्ग लामाको घरमा नगद र सुन लुटपाट गर्ने २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। लामाको घरमा अनुहारमा खादा बेरेको अपरिचित ३ जनाले रड र घरेलु हतियार प्रयोग गरि श्रीमान र श्रीमतीलाई कुटपिट गरि…

Read More

सवारी साधनको जाँच पास निजी क्षेत्रलाई दिने तयारी

काठमाडौं-  सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो । नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल…

Read More